Friday, March 27, 2020

एक इटालियन नास्तिक चिकित्सकको अनुभव :







CORONA 
अठ्तीस वर्षीय मेडिकल डाक्टर जूलियन जो लोम्बर्डी, इटालीको अस्पतालमा सेवा गर्दैछन् । जूलियनले COVID-19 बिरूद्ध लडिरहेको बेला उनीहरूले अस्पताल भित्र आफूहरूले अनुभव गरेका कुराहरू यसरी बताएका छन् ।
उनले भने, " विगत तीन हप्ता इटालीमा जे भइरहेको छ मेरो कल्पना भन्दा धेरै बाहिरको कुरा अनुभव गर्दै छु । यो विकराल अवस्था थोपा थोपा हुँदै एक बडेमानको खोला जस्तो हुँदै छ "

यस्तो अनुभव हुँदै छ कि , " अब हामी डाक्टरहरू होइनौं तर को बाँच्न सक्छ र कसको उपाय छैन घर पठाउँदा हुन्छ भनी छुट्टाउने निर्णय कर्ता मात्र हौं “ l यद्यपि रोग लागेमा उपचार पाउँ, उमेर नपुगी कुनै रोगले मर्न नपरोस् भनेर ,जीवनभर इटालियनहरूले स्वास्थ्य कर तिरेका थिए ।"
डा जुलियनले भने, “दुई हप्ता अघि सम्म मेरा साथीहरू र म नास्तिक थियौँ। यो एउटा सामान्य कुरा हो, किनकी हामी डाक्टरहरू हौं र हामीले सिक्यौं कि विज्ञानले परमेश्वरको अस्तित्व र उपस्थितिलाई स्वीकार गर्दैन । ”
उनले विगत सम्झे, चर्च जाँदै गरेको आफ्नो बाबु आमाको हाँसो उडाउने गर्थे ।
तर यसै अस्पतालमा भर्ना गरिएको एक पादरीलाई भेटेपछि उनीमा परिवर्तन भयो।
नौ दिन अघि, एक- ७५ वर्षीय पास्टर अस्पतालमा भर्ना भए। ऊनी दयालु स्वभावका मान्छे थिए । उनले सास फेर्न गम्भीर समस्या भोग्नु परेको थियो, ” डा जूलियनले भने।
“उहाँ सित एउटा बाइबल थियो र उहाँले बाइबल पढेर मर्नेहरूलाई तिनीहरूको हात समातेर सान्त्वना दीराख्नुहुन्थ्यो । हामी डाक्टरहरू, थकित, निराश, मनोवैज्ञानिक, र शारीरिक रूपमा शिथिल थियौँ। जब हामीसँग समय हुन्थ्यो , हामीले उसको कुरा सुन्थ्यौं। हामीले हाम्रो ज्ञान, बल र सीपले गर्ने कुराको सिमानामा पुगेका थियौ । अब केहि बाँकि नै थिएन । मानिसहरू दिनहुँ मर्दै छन्। हामी थकित छौं। हाम्रा दुईजना डाक्टर साथीहरू मरिसकेका छन् र अरू साथीहरु हरू पनि संक्रमित छन्। ”
त्यसपछि उनी र उनका सहयोगीहरूले महसुस गरे, “हामीले परमेश्वरसँग सहायता माग्न सुरु गर्नु पर्छ।”
उनले यस्तो गवाही दिए, "जब हामी एक अर्कासँग कुरा गर्छौं, हामी विश्वास गर्न नै सक्दैनौं, हामी एक समय क्रूर नास्तिक भए पनि हामी बिरामीहरूको हेरचाह गर्न सकौं भनेर अहिले हामी प्रभुलाई बिन्ती गर्दछौं, र हामी शान्तिको खोजीमा छौं।"
उनले भने, “यहाँ ३ हप्तामा १२० भन्दा बढी मृत्यु भइसकेको भए पनि हामी मरेका छैनौं । हामीले आशा गर्न नै नसकेको कुरामा पुन ताजकी गर्न र शान्ति दिन पास्टर आफ्नो गाह्रो अवस्था र हाम्रो कठिनाइहरूको बाबजुद पनि सफल हुनुभएको छ । अहिले पास्टर हाम्रो बीचमा हुनुहुन्न, उहाँ प्रभु कहाँ जानु भयो, र यस्तै अवस्था रहयो भने हामी पनि चाँडै उहाँलाई पछ्याउनेछौं। ”
“म ६ दिन देखि घरमा गएको छैन, परिवारको अवस्था थाह छैन । मैले अन्तिम चोटि खान कहिले खाएँ त्यो पनि याद छैन । उनलाई यस्तो महसुस भयो कि " यस शरीर आफैमा कति कमजोर रहेछ, " यो हेर्दै गर्दा, आफ्नो अन्तिम सास सम्म अरूलाई मद्दत गरि राख्ने निर्णय पुगेको थिए । उनको भनाई थियो कि , “ म मेरा सँगी मानिसहरूको पीडा र मृत्युले घेरिएको अवस्थामा परमेश्वरसँग जोडिन पाउँदा खुसी छु”l
यस गवाहीले हामीलाई यो सम्झना दिलाउँछ कि यस संकटको समय भएर जाँदै गर्दा मानिसहरूमा गहिरो आध्यात्मिक प्रभाव हुने गर्छ। परमेश्वरले पर्दा पछाडि काम गर्नुहुन्छ, जब जब मानव-निर्मित समाधानको आशा समाप्त हुन्छ, तब परमेश्वरको समाधानमा भरोसा सुरु हुन्छ । !

#Copied

No comments:

Post a Comment